‘फूलै फूलको मौसम तिमीलाई’को ट्रेलर सार्वजनिक (भिडियो)



ठुलोपर्दा डटकम, काठमाण्डौ।
दिनेश डिसीद्वारा निर्देशित ‘फूलै फूलको मौसम तिमीलाई’को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा चलचित्रका मुख्य कलाकार नीता ढंगाना र नव नायक आमेश भण्डारी बिचको माया, प्रेम, द्धन्द्ध र विछोडको कथा प्रस्तुत गरिएको छ ।

फागुन २१ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फूलै फूलको मौसम तिमीलाई’ को ट्रेलरमा नायिका नीता ढंगाना र नव नायक आमेश भण्डारी बिचको चुम्वनको दृश्य पनि समाबेश गरिएको छ । यो चलचित्र दिनेश डिसी प्रोडक्शनको व्यानरमा तयार भएको हो ।

नव नायक आमेश भण्डारी र नायिका नीता ढंगानाको सार्वजनिक ट्रेलर हेरेर सबैले तारिफ गरेका छन् । ट्रेलर हेर्दा नायिका नीता ढुंगाना दोहोरो भूमिकामा रहेको अनुमान लगाउन सकिन्छ । उनी ट्रेलरभित्र प्रहरीको भुमिकामा समेत देखिएकी छिन् ।

अमिर अलीले निर्माण गरेको यो चलचित्रले भुवन केसीको ‘ड्रिम्स’ चलचित्रसँग प्रतिस्पर्धा गर्ने छ । चलचित्रमा सुरेश अधिकारीको संगीत, राजेशपायल राईको स्वर, रामजी लामीछानेको नृत्य निर्देशन रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu