‘सायद २’ का लागि कलाकार पक्का, बैंकर रविनाको छोरादेखी अनमोलकी हिरोइनसम्म



Sayad-22

ठुलोपर्दा डटकम, काठमाण्डौ।
स्क्रिप्टमै वितरण कम्पनी एफडीबाट ३० लाख एमजी पाइसकेको वर्ष २०७३ मा बन्ने ‘सायद २’का लागि कलाकारहरु पक्का भएका छन् । चलचित्रका निर्माता सुनिल रावलले दिएको जानकारी अनुसार चलचित्रका लागि मुख्य भुमिकामा शुशिल श्रेष्ठ, आशिरमान देशराज श्रेष्ठ, सन्ध्या केसी र अमृत ढंगाना पक्का भएका हुन् ।

आशिरमान देशराज श्रेष्ठ बैंकर रविना देशराज श्रेष्ठ जोशीका छोरा हुन् । शुशिल यस अघि चलचित्र होस्टेल रिटन्र्सको मुख्य भुमिकामा देखिएका थिए भने सन्ध्या केसी मोडल तथा भिजे हुन् । सन्ध्याले नायक भूवन केसीको निर्देशनमा बनेको चलचित्र ‘ड्रिम्स’मा काम गरिसकेकी छिन् ।

चार बर्ष अघि प्रदर्शनमा आएको चलचित्र सायद दुर्गिश ब्यानरको पहिलो हिट चलचित्र हो । त्यसपछि उक्त ब्यानरले निर्माण गरेको होस्टेल पनि सुपरहिट भएको थियो भने तेश्रो चलचित्र होस्टेल रिर्टन्स् ले पनि सफलता हात पारेपछि दुर्गिश ब्यानरले चौथो प्रोजेक्ट सायद २ बनाउन लागेको हो ।

बलिउडका केही चलचित्रमा सहायक निर्देशक भएर काम गरेका पुष्पराज न्यौपानेले यो चलचित्रलाई निर्देशन गर्दैछन् । केही सफल बलिउड चलचित्रमा न्यौपानेले सहायक निर्देशक भएर काम गरिसकेका छन् । न्यौपानेले भारतका ‘डेन्जरस इस्क, राज ३, हेट स्टोरी २ र ३, म्याक्सिमम’ लगायतका चलचित्रमा सहनिर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu