सागको उपाधि जित्ने खेलाडीलाई ‘धुर्मुस सुन्तली’को दुई लाख



dhurmus-suntali-help-football
भारतलाई हराउँदै १२ औं दक्षिण एसियाली खेलकुदमा पुरुष फुटबलले उपाधि जितेपछि यति बेला सबैको ध्यान नेपालका फुटबल खेलाडी तर्फ तानिएको छ । २३ वर्ष पछि साग फुटबलको उपाधी जितेको खुसीयालीमा सारा नेपालीहरु प्रफुल्ल भएको अवस्थामा सरकारले पनि प्रत्येक खेलाडीलाई जनही ५ दिने घोषणा पनि गरिसकेको छ ।

यहि अवस्थामा नेपाली फुटबल टोलीलार्इ ‘धुर्मुस सुन्तली फाउण्डेसन’ले दुई लाख र कदर पत्र प्रदान गरेर सम्मान गरेका छन्। बिहीबार फाउण्डेसनको कार्यालयमा आयोजना गरिएको एक कार्यक्रममा हाँस्यकलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ले उपाधी जितेको नेपाली फुटबल टोलीलाई सम्मान प्रदान गरेका हुन् ।

कार्यक्रममा राष्ट्रिय टोलीका खेलाडी नवयुग श्रेष्ठ र गोलकिपर विकेश कुथुले टोलीको प्रतिनिधित्व गरेका थिए। सम्मानमा फिनल्याण्डस्थित नेपाली इन ताम्पेरेले साथ दिएको छ। राष्ट्रको गौरबको रुपमा रहेका नेपाली खेलाडीहरुलाई सम्मान गरेर हौसला प्रदान गरेको बताउँदै धुर्मुसले खेलकुदले देशको गरिमा बढाउने बताए ।

त्यस्तै कुञ्जना घिमिरेले सबैप्रति आभार प्रकट गरिन्। उनले समावेसी खेलकुदको दायरालाइ यसपालि नेपाली फुटबल टोलीले अझ फराकिलो बनाएको बताउँदै सारा नेपालीमाझ जात धर्म क्षेत्र भन्दा माथि राष्ट्रियता हुन्छ भन्ने फुटबलले प्रमाणित गरिदिएको पनि बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu