जेललाई सलाम गर्दै बाहिर आए सञ्जय दत्त



Sanjay-dutt-jail
बलीउडका सुपरस्टार सञ्जय दत्त आज बिहिबार जेल मुक्त भएका छन् । आज बिहान उनी जेलबाट बाहिर निस्किए र एक पटक फेरी मोडेर जेललाई हेर्दै सलाम गरे ।

जेलबाट निस्कदैं गर्दा सञ्जयको एक हातमा झोला थियो भने एक हातमा फाइल थियो । सञ्जयले मिडियाहरुसँग कुनै पनि कुरा नगरेपछि उनले सबैलाई धन्यवाद दिएका छन् । जेलबाट सञ्जय दत्त बाहिर निकस्दा उनका फ्यानहरु हजारौंको संख्यामा उपस्थित थिए र उनले हात हल्लाउँदै सबैलाई धन्यवाद प्रकट गरेका थिए ।

सन् १९९३ मा मुम्बईमा भएको विस्फोट संलग्न भएको आरोपमा अभिनेता दत्तले ४२ महिना जेल सजाय विताएका थिए । अहिले बलिउड अभिनेता सञ्जय दत्त ५६ वर्षका भए । उनको जन्म २९ जुलाई १९५९मा मुम्बईमा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu