केकी बेहुली बन्दा सविन बने बेहुला, नारायणगढमा देखाए तमासा



bhag-sani-bhag-at-narayanghadh
ठुलोपर्दा डटकम, चितवन।
चैत ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘भाग् सानी भाग्’ यूनिट अहिले देशदौडाहमा निस्किएको छ । पोखराबाट देशदौडाह सुरु गरेको चलचत्र यूनिट अहिले प्रचार प्रसारको क्रममा नारायणगढ पुगेको छ ।

बुधबार दिउँसो ३ बजे नारायणगढमा पुगेको चलचित्र यूनिटले राम्रै तमासा गर्न भ्याएको थियो । नारायणगढ चोकको एक कुनामा सजिएको रिक्सा थियो ,वरीपरी पत्रकारहरु क्यामरा रेडी पोजिसनमा राखेर गफ गर्दै देखिन्थे । यो सबै दृश्य हेर्दा लाग्थ्यो त्यहाँ कसैको क्रान्किारी बिहे हुँदैछ । नभन्दै बिहेको स्टाइलमा दुलहा दुलही बनेर एकछिन् पछि कारमा सवारी भयो एक जोडी केकी र सबिनको । नायिका केकी अधिकारी नारायणगढमा बेहुलीको रुपमा देखिइन्, साथमा बेहुलाको भेषमा नभएपनि सँगै बेहुला थिए नायक सबिन श्रेष्ठ । साथमा चलचित्रका निर्माता तथा संगीतकार चेतन सापकोटा, निर्देशक नवल नेपाल नाच्दैं हिडेका थिए ।

नवल नेपालको लेखन र निर्देशनमा निर्माण भएको यस चलचित्रमा केकी अधिकारी, सविन श्रेष्ठ, निर शाह, लय संग्रौला, रमेश वुढाथोकी, गिता अधिकारी, रविन्द्र खड्का, विष्णु सापकोटाको मुख्य भूमिका रहेको छ । रंगीन सपना बोकेर गाउँबाट शहर पसेका एक जोडी युवा युवतीको संघर्षको कथालाई चलचित्रमा उतारिएको बताईएको छ । चलचित्रमा सहदेव गौतम र विलोल पोख्रेल निर्माताको रुपमा छन् । साथीभाई फिल्मस्का लागि बिष्णु चापागाँईको प्रस्तुतीमा बनेका यो चलचित्रमा कविराज गहतराजको नृत्य, हिमाल केसीको एक्सन, दिव्यराज सुवेदीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu