लियोनार्डोले जिते ओस्कर



leonardo-oscAR-winner
हलिउडस्टार लियोनार्डो डिक्याप्रियोले पहिलो पटक ओस्कर अवार्ड जितेका छन् । विश्वकै सर्वश्रेष्ठ मानिने ओस्करमा लियोनार्डोले ‘दि रेभेनान्ट’का लागि उत्कृष्ट अभिनेताको ओस्कर जितेका हुन् ।

त्यस्तै ‘द रुम’का लागि ब्री लार्सनले उत्कृष्ट अभिनेत्रीको अवार्ड, उत्कृष्ट फिल्म ‘स्पटलाइट’ बन्न सफल भएको छ । त्यस्तै निर्देशकमा लगातार दोस्रो वर्ष अलेजान्द्रो गोन्जालेज इनारितु उत्कृष्ट ठहरिएका छन् । सहअभिनेतामा स्टिवन स्पिलवर्गको चलचित्र ‘ब्रिज अफ स्पाइज’का लागि मार्क रिल्यान्सले पाउँदा सहअभिनेत्रीमा ‘द ड्यानिस गर्ल’का लागि एलिसिया विकान्देर उत्कृष्ट बनिन् ।

सिनेमाटोग्राफीमा रेभेनान्ट, सम्पादनमा म्याड म्याक्स : फ्युरी रोड, एडप्टेड स्क्रिनप्ले द बिग सट, ओरिजिनल स्क्रिनप्ले स्पटलाइट र विदेशी भाषाको चलचित्रमा हंगेरीको ‘सन अफ सोल’ले अवार्ड हात पारेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu