‘जंगे’को टिजर सार्वजनिक, सुरज सिंहको धमाकेदार एक्शन (भिडियो)



junge-teaser
ठुलोपर्दा डटकम, काठमाण्डौ।
बैशाख १७ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘जंगे’को अफिसियल टिजर सार्वजनिक भएको छ । यो चलचित्रको टिजरमा सत्ता र लडाइलाई प्रमुख स्थान दिइएको छ । चलचित्रको सार्वजनिक टिजरमा मुख्य कलाकार सुरज सिंह ठकुरीलाई नौलो अवतारमा देखाइको छ ।

उत्कल थापाको निर्देशनमा तयार भएको यो चलचित्रलाई आइडियाज एण्ड इमेजेजको ब्यानरमा सुशन प्रजापति र उत्कल थापाले संयुक्त रुपमा निर्माण गरेका छन् । विरगञ्जका विभिन्न स्थानमा यो चलचित्रको छायांकन गरिएको छ । चलचित्रमा नायक सुरज सिंह ठकुरी शिर्ष भूमिकामा देखिएका छन् । सुवास कोइरालाको पटकथा तथा संवाद रहेको चलचित्रमा सुसन प्रजापतिकै छायांकन, उज्वल ढकालको सम्पादन छ ।

चलचित्रमा ऋचा शर्मा, शिखा शाही पनि मुख्य भूमिकामा छन् । यो चलचित्रमा ऐतिहासिक पात्र जंगेको पूर्णब्याख्या गरिएको प्रेस विज्ञप्तीमा जनाइएको छ । जंगेले विभिन्न षड्यन्त्र र बाधाहरुलाई चिर्दै कसरी शासन सत्ता र शक्ति प्राप्त गर्छ भन्ने देखाइएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu