‘राहदानी’को ट्रेलर र मारुनी गीत सार्वजनिक (भिडियो)



strong>ठुलोपर्दा डटकम, काठमाण्डौ।
सञ्चारकर्मी डब्बु क्षेत्रीको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘राहदानी’को ट्रेलर र एउटा मारुनी गीत सार्वजनिक गरिएको छ । ट्रेलरमा चलचित्रका मुख्य ३ गीतलाई महत्व दिइएको छ ।

त्यस्तै सार्वजनिक गरिएको मारुनी गीतमा बसन्त सापकोटाको संगीत, नीशा देशारको स्वर, डाक्टर गोविन्द कुसुमको शब्द छ । वैदेशिक रोजगारीको विषयलाई चलचित्रले मार्मिक ढंगबाट प्रस्तुत गरेको छ ।

यो चलचित्रमा दयाहाङ राई, रूपा खनाल, अशोक रिजाल, नवीन लम्साल, सिर्जना सुब्बा, मोनिका दाहाल, फुपुतेन्जिङ शेर्पा, विकास जोशी, दिनेश दुलाल लगायतको अभिनय छ भने रीमा विश्वकर्मा आइटम डान्समा देखा परेकी छन् । यो चलचित्र चैत १२ बाट देशव्यापी प्रदर्शनमा आउँदैछ ।

ट्रेलर हेर्नुहोस्:

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu