निर्देशक रायमाझी र हाँस्यकलाकार दीपाश्रीलाई फिल्मीखबरको बर्ष व्यक्ति सम्मान



barsha-byakti-samman
ठुलोपर्दा डटकम, काठमाण्डौ।
हरेक बिहिबार प्रकाशन हुँदै आएको नेपाली चलचित्रसम्बन्धी पत्रिका ‘फिल्मीखबर साप्ताहिक’ले आफ्नो सातौँ बार्षिकोत्सव मनाएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बिच पत्रिकाले आफ्नो सातौं बार्षिक उत्सव मनाएको हो ।

सोहि क्रममा फिल्मीखबरले साप्ताहिकले गतबर्षदेखि सुरु गरेको बर्ष व्यक्ति सम्मान पुरुषतर्फ चलचित्र परदेशीका निर्देशक एवं निर्माता नारायण रायमाझीलाई सम्मान गर्दा बर्ष व्यक्ति महिलातर्फ हाँस्य कलाकार दीपाश्री निरौलालाई सम्मान गरेको छ । सम्मानपछि कार्यक्रममा बोल्दै निर्देशक रायमाझीले आफूलाई यो सम्मानले अझ काम गर्न उत्साह थपिएको बताए । त्यस्तै दीपाश्री निरौलाले पनि यस सम्मानबाट थप जिम्मेवारी थपेको बताइन् । दीपा अब चलचित्र ‘६क्का पञ्जा’बाट निर्देशकको रुपमा डेब्यू पनि गर्दैछिन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथी उपप्रधान तथा उर्जा मन्त्री टोपबहादुर रायमाझीले सम्मानपत्र हस्ताण्तरण गरेका थिए ।

कार्यक्रममा ‘डी सिने अवार्ड’का सहयोगीहरुलाई पनि मायाको चिनो प्रदान गरिएको थियो । फिल्मीखबर साप्ताहिकका प्रधान सम्पादक शान्तिप्रियले ७ बर्षसम्म लगातार कुनै चलचित्र सम्बन्धी पत्रिका प्रकाशित गर्नु आफैमा सफलता भएको बताए । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राइले फिल्मीखबर साप्ताहिकलाई सातौं बर्षमा प्रवेश गरेकोमा शुभकामना दिएका थिए ।

कार्यक्रममा अभिनेता, अभिनेत्री, हाँस्य कलाकारदेखि फिल्म क्षेत्रका विभिन्न व्यक्तिहरुको उल्लेख्य उपस्थिती थियो । यस अघि ‘फिल्मीखबर साप्ताहिक’ले अभिनेत्री प्रियंका कार्की र विश्वकै कान्छा निर्देशक सौगात विष्टलाई सम्मान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu