बारमा भेटिए आर्यन, ‘आवेग’को नयाँ गीत सार्वजनिक (भिडियो)



aabeg-new-ong
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चैत्र १२ मा रिलिज हुने नेपाली चलचित्र ‘आवेग’को नयाँ गीत रिलिज भएको छ । अर्जुन पोखरेलको संगीत रहेको ‘कोहिँ तिमीलाई’ बोलको सार्वजनिक गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ भने अर्चना डेलालाको नृत्य रहेको छ ।

सूर्य कार्कीको प्रस्तुतीमा तयार भएको चलचित्रमा आर्यन सिग्देल, पवित्रा आचार्य, ध्रुव दत्त, अर्चना डेलालाको मुख्य भूमिका छ । बसन्त निरौलाको निर्देशनमा बनेको चलचित्र ‘आवेग’मा पुरुषोत्तम प्रधानको छायांकन, कविराज गहतराजको नृत्य छ ।

चलचित्रको निर्माण धन सिंह केसी र राजेन्द्र घिमिरेले गरेका हुन् । चलचित्रका निर्देशक निरौला ‘आवेग’मा आर्यनको अहिलेसम्म नदेखिएको भूमिका समेटिएका कारण दर्शकको साथ राम्रो पाउनेमा विश्वस्त रहेको बताए ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu