अनमोलको जन्मदिनमा ‘गाजलु’को फर्ष्टलुक सार्वजनिक



ठुलोपर्दा डटकम, काठमाण्डौ।
बहुप्रतिक्षित चलचित्र ‘गाजलु’को फष्र्टलुक पोष्टर सार्वजनिक गरिएको छ । चलचित्रका नायक अनमोल केसी २२ बर्ष पुगेको अवसरमा चलचित्र ‘गाजलु’ यूनिटले फष्र्टलुक पोष्टर सार्वजनिक गरेको हो । चलचित्र २०७३ सालको जेठ २१ बाट देशव्यापी प्रदर्शनमा आउने भनिएपछि मिति हेरफेर हुन सक्ने बताईएको छ ।

galaju-1st-look

चलचित्र ‘गाजलु’को फर्स्टलुक पोस्टरमा ‘होस्टेल’, ‘जेरी’ र ‘ड्रिम्स’ चलचित्रका चर्चित नायक अनमोल केसी र डेब्यू नायिका पूर्व मिस नेपाल सृष्टी श्रेष्ठ देखिएका छन् । चलचित्रमा अनमोल र श्रृष्टी श्रेष्ठका अलवा सलोन बस्नेत, गौरव पहारी लगायतका कलाकारको मुख्य भूमिका छ । रोहित अधिकारीले निर्माण गरेको चलचित्रलाई हेमराज वीसीले निर्देशन गरेका हुन् ।

१ करोड भन्दा माथिको बजेटमा तयार भएको यो चलचित्रले लगानी उठाउनेमा ढुक्क छन् निर्माता अधिकारी । नेपाली चलचित्र बजारमा नायक अनमोल केसीको चर्चा चुलिएको समयमा ‘गाजलु’ अर्को सफल चलचित्र बन्ने देखिएको छ । चलचित्रलाई एफडी कम्पनीले महंगो ‘एमजी’ पनि दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu