दशैंमा छविको ‘किस्मत २’



Shilpa-pokhrel-kismat-2
ठुलोपर्दा डटकम, काठमाण्डौ।
निर्माता छवि ओझाले निर्माण गरेको चलचित्र ‘किस्मत २’को आधिकारीक रुपमै प्रदर्शन मिति सार्वजनिक गरिएको छ । यसअघि चैत्र २६ र श्रावण २८ गतेलाई प्रदर्शन मिति तोकिएको खबर बाहिर आएपनि अब भने चलचित्र विजया दशमीको अबसर परेर असोज २१ बाट प्रदर्शनमा आउने भएको छ ।

मंगलबार राजधानीमा चलचित्रको वितरण गोपाल कायस्थ र राजधानी बाहिरको एफडी कम्पनीका प्रमुख नरेन्द्र महर्जनले चलचित्र असोज २१ बाट प्रदर्शनको लागि सहमति गरेका छन् ।सञ्चारकर्मी सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा शिल्पा पोखरेल र किशोर खतिवडा मुख्य भूमिका रहेको छ ।

चलचित्रमा सन्तोष पन्त, सपना श्रेष्ठ, रस्मि भट्ट आदि कलाकराले पनि अभिनय गरेका छन् । किरण खरेलको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्रका छायांकार मदन कास्यप घिमिरे हुन् । तीनजना नृत्य निर्देशकहरु कविराज गहतराज, रामजी लामिछाने तथा कमल राईले चलचित्रका गीतहरुको कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu