‘बाटो मुनिको फूल २’ हेरे अन्तरजातीय जोडीले जित्नेछन् स्कुटी पुरस्कार



bato-muniko-scooter
ठुलोपर्दा डटकम, काठमाण्डौ।
अन्तरजातीय बिहे गर्ने जोडीलाई बैशाख १० गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘बाटो मुनिको फूल २’ हेर्ने दर्शकलाई स्कृटी पुरस्कार दिइने भएको छ । तर यो स्कृटी पाउन चलचित्र यूनिटले तोकेको मापदण्ड पुरा गर्नुपर्नेछ । त्यसका लागि चलचित्र ‘बाटो मुनिको फूल २’ हेर्ने दर्शकमध्ये अन्तरजातीय बिहे गर्ने जोडीले बिहे दर्ता र चलचित्रको अधकट्टी टिकट फेसबुक पेजमा पोष्ट गरे गोलाप्रथाबाट एक जना दर्शक छानिने र स्कुटर प्रदान गरिने बताइएको छ ।

शुक्रबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा चलचित्र यूनिटले यो कुराको जानकारी दिएको हो । यस विषयमा बोल्दै चलचित्रका नायक तथा निर्माता यश कुमारले यो प्रचारका लागि अपनाइएको तरिका नभएको बताएका छन् । उनले भने -‘नेपालमा अन्तरजातीय बिहे गर्ने जोडीमध्ये २५ प्रतिशतको मात्र बिहे दर्ता गरेका छन् । बिहे दर्ता नहुँदा उसबाट जन्मेको सन्तानले नागरिकता पाउन नसक्ने लगायतका थुप्रै समस्या भोग्नु पर्छ । यसैले, अन्तरजातीय बिहे गरेका जोडीलाई बिहे दर्ताका लागि प्रोत्साहित गर्नका लागि यो पुरस्कारको घोषणा गरिएको हो ।’ उनले जातिय छुवाछुत विरुद्धको फिल्म ‘बाटो मुनिको फूल’ निर्माण गरेर प्रशंसा बटुलेका यशले यसको सिक्वेल पनि सोही प्रकारको विषवस्तुमा निर्माण गरेको बताए ।

चलचित्रमा चर्चित गायक यसकुमार, भीम न्यौपाने, आशिष्मा नकर्मी, दिलिप रायमाझी, गायक तथा नायक बाबु बोगटी, ऋचा शर्मा, गणेश उप्रेती र शूभद्रा अधिकारीको प्रमुख भूमिका रहेको छ । त्यस्तै कार्यक्रममा बोल्दै नायिका ऋचा शर्मा, नायिका अशिष्मा नकर्मी र नायक बाबु बोगटीले चलचित्र उत्कृष्ट बनेका कारण दर्शकहरुले मनपराउने दाबी गरे । कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राई, चलचित्र पत्रकार संघका अध्यक्ष शान्तिप्रियले चलचित्रलाई शुभकामना दिएका थिए । चलचित्र ‘बाटो मुनीको फूल २’ रिदम फिल्म्सको ब्यानरमा बनेको हो भने यसको निर्देशन सुवर्ण थापाले गरेका हुन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu