वेलायतमा अक्षय कुमार पक्राउ



akshy-belayat

बलिउड अभिनेता अक्षय कुमार वेलायतमा पक्राउ परेका छन् । चलचित्रको सुटिङका लागि वेलायत पुगेका उनी त्यहाँको हिथ्रो विमानस्थलबाटै पक्राउ परेका भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । रुस्तमको सुटिङका लागि लन्डन पुगेका उनीलाई वैध भिसा नभएको आरोपमा नियन्त्रणमा लिइएको बताइएको छ ।

१५ दिने सुटिङका लागि बुधबार लन्डन गएका अक्षय कुमार पक्राउ परेका विषयमा हिथ्रो विमानस्थलका अधिकारीहरुले क्यानडा नागरिकलाई पर्यटक रुपमा वेलायतमा बिना भिषा आउन पाउने भएपनि चलचित्र सुटिङका लागि आउन नपाउने बताए । यद्यपी अक्षयकुमारका साथमा क्यानडानागरिक पनि रहेका थिए । विमानस्थलका अधिकारीहरुले केहीबेर बयान लिएर उनलाई छाडिएको छ । उनी करिब डेढ घन्टा नियन्त्रणमा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu