फेसबुकबाट नै ‘किस्मत २’को पोस्टर रिलिज



ठुलोपर्दा डटकम, काठमाण्डौ।
नयाँ बर्ष २०७३ को अवसर पार्दै निर्माता छवि ओझाले चलचित्र ‘किस्मत २’को पोस्टर रिलिज गरेका छन् । आफ्नो फेसबुक अकाउण्टबाट सम्पुर्ण चलचित्र पत्रकार, वितरक, प्रर्दशक, निर्माता, निर्देशक, कलाकार, प्राविधिक, शुभचिन्तक तथा सम्पुर्ण दर्शकहरूलाई शूभकामना सहित पोस्टर सार्वजनिक गरेका हुन् ।

यो चलचित्र विजया दशमीको अबसर परेर असोज २१ बाट प्रदर्शनमा आउने छ । सञ्चारकर्मी सामिप्यराज तिमिल्सिनाको पटकथा तथा संवादमा तयार भएको यो चलचित्रमा शिल्पा पोखरेल र किशोर खतिवडा मुख्य भूमिका रहेको छ ।

Kismat-2-poster

चलचित्रमा सन्तोष पन्त, सपना श्रेष्ठ, रस्मि भट्ट आदि कलाकराले पनि अभिनय गरेका छन् । किरण खरेलको शब्द, अर्जुन पोखरेलको संगीत रहेको यो चलचित्रका छायांकार मदन कास्यप घिमिरे हुन् । तीनजना नृत्य निर्देशकहरु कविराज गहतराज, रामजी लामिछाने तथा कमल राईले चलचित्रका गीतहरुको कोरियोग्राफी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu