ठूलोपर्दा डटकम, काठमाण्डौ।
गतसाता रिलिज भएको नेपाली चलचित्र ‘बाटो मुनिको फूल २’ले पहिलो हप्ताको प्रदर्शन चलिरहँदा करोड बढिको ग्रस कलेक्शन गरेको निर्माण यूनिटले जनाएको छ । फिल्मका वितरक तथा हल सञ्चालकहरु बाट प्राप्त रिपोर्ट अनुसार यो तथ्यांक देखाईएको हो । पहिलो हप्तामा नै करोडको ग्रस व्यापार गर्नु चलचित्रको राम्रो संकेत मानिन्छ ।
मल्टिप्लेक्स तथा सिंगल थिएटर दुवैमा दर्शकले साथ दिएको बताईएको छ । जातिय विभेद विरुद्धको आवाज मानिएको यो चलचित्रलाई चर्चित गायक यस कुमारले निर्माण गरेका हुन् । यसअघि पहिलो सिरिजबाट सफल यस कुमारले दोश्रो भाग बनाएका हुन् ।
सुवर्ण थापाको निर्देशन रहेको चलचित्रमा यशकुमारसँगै बाबु बोगटी, दिलिप रायमाझी, ऋचा शर्मा, अशिष्मा नकर्मी, रिमा विश्वकर्मा, गणेश उप्रेती लगायतको अभिनय छ ।