कोरियन चलचित्र ‘एभरग्रिन २०१४’को टिम नेपालमा



kim-nara
ठुलोपर्दा डटकम, काठमाण्डौ।
दक्षिण कोरियन चलचित्र निर्देशक किम चुलहाङ र उनका टिम यतिबेला राजधानी काठमाण्डौमा छन् । राजनीतिक पीडाबाट ग्रसित दक्षिण कोरियाली युवती नेपाल आएर शान्तिको खोजीमा हिँडेको कथामा बनेको कोरियन भाषाको चलचित्र ‘एभरग्रिन २०१४’ नामक चलचित्रको बारेमा उनले हालै प्रेस भेटघाट गरेका छन् ।

निर्देशकसँगै नायिका किम नारा र निर्माता सोहिमकिम कार्की पनि नेपालमा छन् । निर्देशकका अनुसार नेपालमा करिब ७० प्रतिशत छायांकन भएको यो चलचित्रले लामो समयदेखि राजनीतिक कारणबाट च्यापिएका दक्षिण कोरियनहरुको कथा बोलेको छ । यो चलचित्र गत बर्षको भूकम्पले नेपाल तहसनहस भएको अवस्थामा छायांकन गरिएको थियो ।

kim-nara-and-kim-lohan

नेपाली सारीमा सजिएकी नायिका नाराले केहि नेपाली गीत समेत गाईन् । उनि व्यावसायिक रुपमा भने ओपेरा सिंगर हुन् । नाराले थुप्रै नेपाली चलचित्र हेरेको बताईन् । काठमाडौंको गोकर्ण, पर्वतको देउपुर, चरिकोट र कास्कीको घाहाचोक र माछापुच्छ्रे बेसक्याममा चलचित्र खिचिएको छ । यो चलचित्र अंग्रेजी सबटाइटल सहित नेपालमा पनि रिलिज हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu