मिस्टर ग्लोबलको टप १० मा दिक्पाल, छैटौँ स्थान कब्जा



dikpal-karki-mr-global-top-10
अन्तरास्ट्रिय पुरुष सौन्दर्य प्रतियोगिता ‘मिस्टर ग्लोबल २०१६’ मा नेपालबाट प्रतिनिधित्व गर्ने चर्चितमोडल तथा नायक दिक्पाल कार्की टप टेनमा पुग्न सफल भएका छन् । दिक्पाल टप टेनको छैटौं नम्बरमा रहेका छन् । उनी अहिले मिस्टर ग्लोबल २०१६ को फाइनल अडिसनका लागि थाइल्याण्डमा छन् ।

उनले थाइल्याण्डबाट हामीसँगको कुराकानीको क्रममा आफु टप टेनमा पुग्दा अत्यन्तैं खुसी लागेको बताए । २५ बर्सिय ६ फीट अग्ला दिक्पाल यस प्रतियोगितामा थाइल्यान्ड, अमेरिका, कोरिया, चिन, अर्जेन्टिना, ब्राजिल, क्यानाडा, भारत आदि जस्ता देशका प्रतियोगीहरु संग भिड्दैं छन् । दिक्पाल मिस्टर काठमाडौँ २००९ को बिजेता समेत हुन् । यो प्रतियोगिता थाइल्यान्ड को अप्रिल २७ देखि मे ८ सम्म हुनेछ ।

नायक दिक्पालले यस अघि रंग बैजनी र च्याम्पियन चलचित्रमा अभिनय गरेका थिए भने सयभन्दा बढि म्युजिक भिडियोमा अभिनय समेत गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu