चेक बाउन्स भएपछि चलचित्र निर्देशकलाई छ महिला जेल



check-bunce
जामनगरको एक अदालतले बलीउड निर्देशक तथा निर्माता मेहुल कुमारलाई चेक बाउन्सको मामलामा छ महिनाको जेल सजाय सुनाएको छ । साथै उनले पाँच हजार जरिवाना समेत तिर्नुपर्ने भएको छ । मेहुललाई ‘तिरंगा’ तथा ‘क्रान्तिविर’ जस्ता हिट चलचित्रबाट चिनिन्छ ।

कुमारले २००८ मा जामनगरको अरकाडिया शिपिंग एंड ट्रेडिंग कम्पनीका प्रबन्धक जगदीश आसरालाई ६३,८०५ भारु.को चेक दिएका थिए तर उक्त चेक बाउन्स भएको थियो । कुमारले अमिताभ बच्चन, नाना पाटेकर, अक्षय कुमार, माधुरी दीक्षित तथा डिंपल कपाडिया जस्ता कलाकारसँग काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu