अर्चना पनेरु ‘छेस्को’मा पसेपछि पवित्राले झिकिन् हात



archana-and-pabitra

ठुलोपर्दा डटकम, काठमाण्डौ।
नांगा तस्विर सामाजिक सञ्जालमा फिँजाएर पोर्नस्टार बन्छु भन्दै राजधानी पसेकी अर्चना पनेरु रिलिजको संघारमा रहेको चलचित्र ‘छेस्को’मा पसेपछि खलबली मच्चिएको छ । अर्चनाको गलत छवि भएको बन्दै चलचित्रमा रहेकी नायिका पवित्रा आचार्यले हात झिकेकी छिन् ।

पवित्राले चलचित्रमा रहेका आफ्ना सबै दृश्य चलचित्रबाट हटाउन भनेकी छन् । उनले भनिन्, ‘जसले समाजमा विकृति फैलाईरहेको छ उसैको साथमा समाजको दर्पण मानिने चलचित्रमा अभिनय गर्न सक्दिन, त्यसकारण म चलचित्रबाट बाहिरिइने निर्णय गरेकी हुँ’ । उनले अब उक्त चलचित्रमा आफ्नो कुनै पनि संलग्नता नरहने बताइन् ।

चलचित्रमा पवित्रा समाज सुधारको सन्देश जाने भूमिकामा अभिनय गरकी थिइन् । उनले रिहाब सेन्टर खोलेर बसेकी एक यूवतीको भूमिकामा अभिनय गरेकी थिइन् ।

गतबर्ष नै रिलिज हुनुपर्ने यो चलचित्र विविध कारणले रोकिएको थियो । सेन्सर पास गरिसकेपछि विशुद्द पैसा कमाउने उद्देश्यलर अर्चना पनेरुलाई चलचित्रका केहि दृश्यमा राखिएपछि पवित्राले हात झिकेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu