२१ जेठमा पढेलेखेको पागल रिलिज हुने



mental

ठुलोपर्दा डटकम, काठमाण्डौ।
पढेलेखेको पागलले परिवार, समाज र राष्ट्रलाई कस्तो घात गर्छ भन्ने कथामा बनेको नेपाली चलचित्र ‘मेन्टल’ २१ जेठमा रिलिज हुने भएको छ । विविध कारणले लामो समयदेखी रिलिज सर्दै आएको यो चलचित्रलामा प्रथम खड्का र पुजा भट्टको मुख्य अभिनय छ ।

सरोज पौडेल निर्देशित यस चलचित्रमा उचित शिक्षा र योग्यता हुँदाहुँदै पनि देशको राजनैतिक उथलपुथलका कारण केहि गर्ने मौका पाउन नसकेपछि पागल बनेको युवाको कथा समेटिएको शुक्रवार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । प्रितम पाण्डेले सम्पादन गरेको चलचित्रमा भोजराज देवकोटाको कथा रहेको छ । अर्जुन पोखरेलको संगीत रहेको यस चलचित्रलाई राजेन्द्र सापकोटाले खिचेका छन् भने द्वन्द शंकर महर्जनको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu