पत्रकार संघको १७ औं बाषिर्कोत्सवको अवसरमा तीन पत्रकार सम्मानित तथा पुरस्कृत



patrakar-samman
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चलचित्र पत्रकार संघको १७ औं बाषिर्कोत्सवको अवसरमा तीन पत्रकार सम्मानित तथा पुरस्कृत भएका छन् । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र पत्रकार संघ केन्द्रिय समितीले डब्बु क्षेत्रीलाई सम्मान तथा श्याम अर्याल र तुलसी गिरी ‘भावुक’लाई पुरस्कार प्रदान गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथी सूचना तथा संचारमन्त्री शेरधन राइ लगायतका अतिथीले सम्मान तथा पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा नेपाल चलचित्र निर्माता संघका अध्यक्ष राजकुमा राई, चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोटगी, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसी लगायतको उपस्थिती थियो ।

साथै, संघले गतबर्ष आएको भूकम्पबाट प्रभावित चलचित्र पत्रकारहरुलाई नगद सहयोग समेत गरेको छ । यस्तै, पत्रकारको प्रतिनिधित्व गर्दै सेन्सर बोर्ड सदस्य रहेका संघका महासचिव सन्दिप सापकोटालाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा गत बर्षको भूकम्प पछि विभिन्न व्यक्तित्वहरुको सहकार्यतामा संघले गरेका सहयोगका बारेमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu