गाजलु अभिनेता गौरव भन्छन्, ‘ट्रेलरमा त्यो रातो ज्याकेट लाउने म हुँ’



gaurav-pahari-gajalu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
जेठ २८ गतेबाट रिलिज हुने चलचित्र ‘गाजलु’ अभिनेता गौरव पहारी ‘गाजलु’का प्रचार सामग्रीमा सलोन बस्नेत र आफ्ना दृश्य र फोटो प्रयोग नभएकोमा दुखि छन् । उनले नेपालको सन्दर्भमा चलचित्र सफल हुन एक-दुई जनाको मात्र प्रचारले नहुने बताएका हुन् ।

उनले भने, ‘अनमोल र श्रृष्टी जो अहिले नेपालमा छैनन् उनिहरुलाई नै प्रचारमा देखाईएको छ तर सलोन र म यहाँ कुदिरहेका छौँ हामीलाई बेवास्ता गरिएको छ’ । हामी पनि यो चलचित्रमा छौँ भनेर मौखिक रुपमा अरुलाई भन्नुपर्दा दुख लागेको उनले बताए ।

गौरवले यसो भनिरहँदा उनि आफु पनि एक राम्रो कलाकार रहेको र आफ्नो कारणले पनि चलचित्र चल्छ भन्ने आशय रहेको बुझिन्थ्यो । उनले भने, ‘मलाई र सलोनलाई पाखा राखियो जो अहिले प्रचारमा छौँ, जसलाई प्रचारमा राखिएको छ उनिहरु छैनन्’ आक्रोशित मुद्रामा उनले भने, ‘ट्रेलरमा त्यो रातो ज्याकेट लाउने म हुँ है भन्नुपरेको छ’ ।

गौरवले नेपाली चलचित्र उद्योग सिंगल स्टारर चलचित्रले नभई मल्टी स्टारर चलचित्रले धानिएको बताए । उनले नेपालमा सफल अधिकांश चलचित्रमा धेरै स्टारहरु रहेको बताएका हुन् ।

रोहित अधिकारीले बनाएको ‘गाजलु’लाई हेमराज बिसीले निर्देशन गरेका हुन् । चलचित्र पूर्व कुमारीको कथामा आधारित रहेको छ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu