ठुलोपर्दा डटकम, काठमाण्डौ।
पूर्व प्रधानमन्त्री तथा साहित्यकार स्व. बिपी कोईरालाको प्रख्यात कृति ‘तीन घुम्ती’ माथी बनेको चलचित्रको अडियो सार्वजनिक, भिडियो गीत तथा ट्रेलर रिलिज गरिएको छ । शनिवार राजधानीमा आयोजित एक कार्यक्रममा बिपी मेमोरियल ट्रष्टका अध्यक्ष तथा बीपिका सुपुत्र हर्ष कोईराला लगायतका बिशिष्ट व्यक्तित्वको उपस्थिती थियो ।
‘तीन घुम्ती’लाई बाबुराम ढकालले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमिल्सीनाले लेखेका छन् । असार १७ बाट रिलिज हुने यो चलचित्रमा ध्रुव दत्त, गरिमा पन्त, शुशान्त कार्कि लगायतका कलाकारको अभिनय रहेको छ । कर्मा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको यस चलचित्रका गीतमा डा. कृष्णहरी बरालका शब्द एवं बसन्त सापकोटाको संगीत रहेको छ ।