‘६क्का-पञ्जा’को ‘पुर्व पश्चित रेल’मा को-को गुडे ? (भिडियो)



chhaka-panja-song

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसअघि चलचित्र ‘वडा नम्बर छ’को गीत ‘सुर्के थैली’ले यूट्युबमा रेकर्ड नै तोड्यो । सोहि चलचित्र यूनिटले अर्को चलचित्र बनायो ‘६क्का-पञ्जा’ । शनीवार ‘६क्का-पञ्जा’को गीत रिलिज भएको छ । १८ घण्टामा नै असी हजार बढि पटक यूट्युबमा हेरिसकिएको यो गीतको बोल हो, ‘पुर्व पश्चित रेल’ जसमा चलचित्रका कलाकारहरु फिचरिङ् छन् ।

गीतमा अञ्जु पन्त र राजनराज सिवाकोटीको स्वर छ भने संगीत पनि राजनकै छ । यसअघि ‘सुर्के थैली’ पनि यहि टीमले बनाएको थियो । भदौ २४ मा रिलिज हुने यो चलचित्रलाई हाँस्यकलाकार दीपाश्री निरौलाले निर्देशन गरेकी छिन् । निर्देशनमा दीपाको यो नै पहिलो चलचित्र हो । यसअघि ‘सुर्के थैली’मा देखिएकी दीपा ‘पुर्व पश्चित रेल’मा भने देखिएकी छैनन् ।

‘६क्का पञ्जा’मा दिपकराज गिरी, बुद्धी तामाङ, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, प्रियंका कार्की लगायतका ले अभिनय गरेका छन् ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu