डिजिटल राइट किनेको हाइलाइटस् नेपालका कर्मचारीबाटै ड्रिम्स पाईरेसी, विधान गुरुङ् पक्राउ



dreams-pirater

ठुलोपर्दा डटकम, काठमाण्डौ।
ब्लकबस्टर नेपाली चलचित्र ‘ड्रिम्स’ पाईरेसी गर्ने दुईजना पक्राउ परेका छन् । अचम्म यो छ कि जुन कम्पनीले यो चलचित्रको डिजिटल अधिकार लियो सोहि कम्पनीका कर्मचारीबाट नै चलचित्र पाईरेसी भएको छ ।

सिसिटिभी मनिटरिङ्मा रहेको हाइलाईट्स नेपालको कार्यालयबाट नै चलचित्र बाहिरिनु निकै दुखद कुरा हो । ‘ड्रिम्स’का निर्माता तथा निर्देशक भुवन केसीले कम्पनीलाई दिईएको मास्टर कपीबाट नै चलचित्र बजारमा पुगेको बताए । प्रहरीको अनुसन्धानका क्रममा हाइलाईट्स नेपालका कर्मचारी विधान गुरुङ् र अर्का काभ्रेको बनेपा निवासी व्यक्ति चन्द्र नगजु पक्राउ परेको केसीले बताए । साथै उनले पाइरेसीबाट पर्न गएको क्षतिपूर्ति असुल गर्ने बताए ।

भुवनले नेपाली चलचित्र उद्योगलाई नै धरासायी पार्ने काम भएकोले कडा भन्दा कडा सजायँ हुनुपर्ने बताएका छन् । हाइलाईट्स नेपालका सञ्चालक ओम गुरुङ्ले आफ्नो कर्मचारीले गलत गरेको स्विकार्दै कानुनी कारबाहीको लागि सहयोग गर्ने प्रतिबद्दता जनाएको भुवनले बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu