गरिमालाई सुसान्तले फूल झैँ नरम बनाएपछि … (भिडियो)



phool-jhai-naram-banayeu
ठुलोपर्दा डटकम, काठमाण्डौ।
पूर्व प्रधानमन्त्री तथा साहित्यकार स्व. बिपी कोईरालाको प्रख्यात कृति ‘तीन घुम्ती’ माथी बनेको चलचित्रको भिडियो गीत सार्वजनिक गरिएको छ । डा. कृष्णहरी बरालले रचेको ‘फूल झैँ नरम बनायौ’ बोलको गीतमा बसन्त सापकोटाको संगीत छ भने प्रह्लाद तिमिल्सिना र मिलन अमात्यको स्वर छ ।

गीतमा सुसान्त कार्की र गरिमा पन्तले रोमाञ्स पोखेका छन् । तीन घुम्ती उपन्यासमा प्रजातान्त्रिक आन्दोलनमा पिताम्बर जेल परेपछि साथी रमेशसँग पिताम्बरकी श्रीमती इन्द्रमायाको प्रेम सुरु हुन्छ । यहि सन्दर्भलाई मेल खुवाउँदै डा. बरालले यो गीत रचना गरेका हुन् ।

‘तीन घुम्ती’लाई बाबुराम ढकालले निर्देशन गरेका हुन् भने पटकथा सामिप्यराज तिमिल्सीनाले लेखेका छन् । असार १७ बाट रिलिज हुने यो चलचित्रमा ध्रुव दत्त, गरिमा पन्त, शुशान्त कार्कि लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र कर्मा प्रोडक्सनको व्यानरमा निर्माण गरिएको हो ।

गीत हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu