मनोजको ‘छायाँ’लाई दुई पुरस्कार



Chhaya-puraskar
ठुलोपर्दा डटकम, काठमाण्डौ।
चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा मनोज पण्डित निर्देशित नेपाली चलचित्र ‘छायाँ’ले दुई पुरस्कार जितेको छ । तीन दिनसम्म सञ्चालन भएको महोत्सवमा सर्वोत्कृष्ट कथानक र कथानक चलचित्रतर्फ सर्वोत्कृष्ट निर्देशक पुरस्कार जितेको हो ।

बाल यौन शोषणको कथामा बनेको उक्त चलचित्रमा अनुप बराल, साइब्रत आचार्य लगायतको मूख्य अभिनय छ । यो चलचित्र यस बर्ष नेपाल सरकारका तर्फबाट बिशेष चलचित्र समेत घोषित छ ।

महोत्सव आइतबार सम्पन्न भएको हो । सर्वोत्कृष्ट वृत्तचित्रको पुरस्कार भारतीय चलचित्र क्याण्डल्स इन छ विन्डले जित्यो भने वृत्तचित्रतर्फ सर्वोत्कृष्ट निर्देशकको पुरस्कार इराकी संगीतकाबारे निर्मित चलचित्र अन द ब्यांक्स अफ द टिगि्रसका लागि अष्ट्रेलियाली निर्देशक मार्सा एमरम्यानले प्राप्त गरे ।

त्यसैगरी इरानी चलचित्र यान्ट्स अपार्टमेन्टले जुरीका तर्फबाट विशेष पुरस्कार प्राप्त गर्‍यो भने विष्णु प्रसाद गौतमले निर्देशन गरेको ‘द मिरर’ले नेपाली कर्नर अन्तर्गत उत्कृष्ट चलचित्रको पुरस्कार प्राप्त गर्‍यो । अडियन्स च्वाइस अवार्ड भने अस्कर विजेता पाकिस्तानी चलचित्र अ गर्ल इन द रिभरले प्राप्त गर्‍यो ।

महोत्सव राष्ट्रिय मानव अधिकार आयोग र युएनडिपिको सहआयोजनामा भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu