रक्सी बोतलबाट बन्यो शाहरुखको ‘रईस’को पोस्टर



शाहरुखको आगामी चलचित्र ‘रईस’को नयाँ पोस्टर सार्वजनिक भएको छ, जुन रक्सीका बोतलबाट बनेको छ । मुम्बईका फिल्म-पब्लिसिटी डिजाइनर राजेशले यो पोस्टर डिजाइन गरेका हुन्, जसमा शाहरुखको अनुहार अलग-अलग रंगका रक्सीका बोतलबाट बनेको छ ।

rees-poster

‘रईस’लाई शाहरुखको रेड चिलीज इन्टरटेनमेंट प्राइभेट लिमिटेड र फरहान अख्तरको एक्सल इन्टरटेनमेंटले बनाएको हो । यसका निर्देशक राहुल ढोलकिया हुन्, जसले २००५ को चलचित्र ‘परजानिया’को लागि राष्ट्रिय अवार्ड जितेका थिए ।

‘रईस’मा शाहरुख अवैध रक्सीको व्यापार गरिरहेका देखिनेछन् । यो चलचित्र भारतको गुजरातका ग्यांगस्टार अब्दुल लतीफको जिन्दगीमा आधारित छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu