हनुमानजीले जात्रा बनाउने, भष्मे डनले जात्रा गर्ने



ठुलोपर्दा डटकम, काठमाण्डौ।
चर्चित चलचित्र ‘पशुपति प्रसाद’मा हनुमानजीको चरित्रबाट प्रख्यात रबिन्द्रसिंह बानियाले ‘जात्रा’ नामक चलचित्र बनाउने भएका छन् । ‘जात्रा’को मिनिमल पोस्टर रिलीज गर्ने उनको कम्पनी षट्कोण आर्टस् प्रा.लि.ले असार ५ गतेबाट छायांकनमा जाने जनाएको छ ।

यो चलचित्रमा ‘पशुपति प्रसाद’मा भष्मे डनको भूमिका निर्वाह गर्ने बिपिन कार्की, रबिन्द्रसिंह बानिया, रबिन्द्र झा, बर्षा राउत, प्रकाश घिमिरे, प्रवीण खतिवडा, भोलाराज सापकोटा, कमलमणी नेपाल लगायतका कलाकारहरुले अभिनय गर्नेछन् । चलचित्रका लेखक तथा निर्देशक प्रदीप भट्टराई हुन् ।

Jatra-Minimal-Poster

काठमाण्डौको असन गल्लीमा पसल गर्ने तीनजना व्यक्तिको जीवनमा आउने समस्याहरुको वरपर चलचित्र घुम्ने छ । ‘जात्रा’को छायांकन राजधानीको असन, इन्द्रचोक लगायतका स्थानमा हुने बताईएको छ ।

चलचित्रका कार्यकारी निर्माता रबिन्द्रसिंह बानिया हुन् भने निर्माता सिंगे लामा र यादव पौडेल हुन् । चलचित्रलाई पुराना छायाँकार दिर्घ गुरुंगले छायांकन गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu