काठमाण्डौमा खुल्यो ‘एभरेष्ट फिल्म एकेडेमी’



everest-film
ठुलोपर्दा डटकम, काठमाण्डौ।
तयारी गरिएअनुसार अब अन्तराष्ट्रिय स्तरको चलचित्र बिषय अध्ययनको लागि विदेश जान नपर्ने भएको छ । बिहिवारदेखी नेपालमा नै चलचित्र सम्बन्धी अध्यापन गराईने गरि ‘एभरेष्ट फिल्म एकेडेमी’ संचालनमा आएको छ ।

काठमाण्डौको मिनभवनमा रहेको एकेडेमीको सूचना तथा संचारमन्त्री शेरधन राइले उद्घाटन गरेका छन् । चलचित्र क्षेत्रका चर्चित हस्तीहरुको संलग्नतामा यो एकेडेमी सञ्चालनमा आएको हो । एकेडेमीमा ‘निर्देशन, अभिनय, छायांकन र सम्पादन-भीएफएक्स’ पढाइनेछ ।

एकेडेमीका सीइओ प्रकाश पुरीले आफूले चलचित्र क्षेत्रमा पढेर आएका मानिसहरुको अभाव भएकाले यो एकेडेमी संचालनको योजना बनाएको बताए । उनले ३ बर्ष लामो मिहिनेतपछि एकेडेमी संचालनमा आएको जानकारी दिए ।

Everest-Film-Academy

निर्देशक उज्ज्वल घिमिरे निर्देशक रहेको यो एकेडेमीमा विश्व बस्नेत ‘फ्याकल्टी डिरेक्टर’को रुपमा छन् । यस्तै, ज्योत्सल राजभण्डारी प्रशासनिय निर्देशक र विशाल श्रेष्ठ मार्केटिङ निर्देशकको रुपमा आवद्ध छन् ।

‘निर्देशन विधामा’ लक्ष्मीनाथ शर्मा, उज्ज्वल घिमिरेको टिम छ । यस्तै, अभिनय विधामा विश्व बस्नेत, गौरी मल्ल, गंगाप्रसाद तिवारी, रेनशा राई, चन्द्र पन्त, टंक चौलागाईको टिम छ । छायांकनतर्फ प्रेम उपाध्याय र विश्नु कल्पीतले अध्यापन गराउनेछन् ।
दृश्य सम्पादनतर्फ भने रजनी पन्त, दशरथ गिरीको टिम छ । सल्लाहाकार टिममा गेहेन्द्र धिमाल, छविराज ओझा, मिथिला शर्मा, दीपिकराज गिरी र बाबुराम ढकालको टिम छ ।

एक बर्षभित्र कुनै एक विधामा दक्ष विद्यार्थी उत्पादन गर्ने लक्ष्य यो एकेडेमीले लिएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu