यसपाली रोए दया, ‘बीर बीक्रम’ ट्रेलर रिलीज (भिडियो)



Dayahang-Rai-Cry-Bir-Bikram

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अभिनेता दयाहाङ् राई प्राय: दर्शक हँसाउने अभिनेताको रुपमा चिनिन्छन् । उनले अभिनय गरेका सबैजसो चलचित्रहरु कमेडी नै हुन्छन् । उनले चलचित्रभर जस्तोसुकै दृश्यमा पनि हँसाईरहेका हुन्छन् ।

अब भने उनको परिचय यतिमा मात्र सिमित नहुने अनुमान गर्न सकिन्छ । हालै सार्वजनिक ‘बीर बीक्रम’को ट्रेलरमा उनले मन छुने गरि रुवाएका छन् । उनि रुँदा दर्शक पक्कै हाँस्न सक्नेछैनन् । त्यसो त यो चलचित्रमा अर्पण थापा हाँस्यपरक भूमिकामा छन् । त्यस्तै नजिर हुसेनले पनि आफ्नो परिचय दमदार अभिनय सहितको कमेडियनमा दिईरहेका छन् । यिनै नजिर पनि ‘बीर बीक्रम’मा छन् ।

यो चलचित्रको ट्रेलरमा अर्पण र नजिरले हँसाईरहँदा दयाहाङ् दिल खोलेर रोएका छन् । मिलन चाम्स निर्देशित यो चलचित्रमा अर्का नायक अनुप विक्रम शाहि र दीया पुनको पनि प्रमुख अभिनय छ । मिलन चाम्सले बनाएको यो चलचित्र भदौ ३ गते रिलीज हुनेछ ।

भिडियो हेर्नुहोस्:

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu