‘पर्शुराम’को पोस्टर सार्वजनिक



Parshuram-Poster

ठुलोपर्दा डटकम, काठमाण्डौ।
एक्सन, प्रेम र सामाजिक विषयबस्तुमा आधारित नेपाली चलचित्र ‘पर्शुराम’को पोस्टर सार्वजनिक भएको छ । दाङ्को घोराहीमा पत्रकार सम्मेलन गरी पोस्टर सार्वजनिक गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रकाशराज शर्मा रहेका थिए । ब्ल्याक चिल्ली इन्टरटेटमेन्टको व्यानरमा निर्माण भएको ‘पर्शुराम’मा दाङका प्रतिष्ठित व्यवसायी बलिभद्र रानाको प्रस्तुती रहेको छ भने निर्माता महेन्द्र बुढाथोकी हुन् । चलचित्रमा लेखन तथा निर्देशन एनआर घिमिरेको रहेको छ ।

चलचित्रमा किशोर खतिवडा, जानभी बस्नेत, सुशील पोख्रेल, नवराज रावत, स्वस्ती क्षेत्री लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu