ठुलोपर्दा डटकम, काठमाण्डौ।
नेपाली चलचित्र ‘जय परशुराम’को टिजर सार्वजनिक गरिएको छ । रोज राणाले पहिलो पटक निर्देशन गरेको यो चलचित्रको टिजर दक्षिण भारतिय एक्शन शैलिमा छ ।
टिजरमा विराज भट्टलाई सुपरस्टार उल्लेख गरिएको छ । लामो समयदेखी भोजपुरी चलचित्रमा आफ्नो स्टारडम बिकाएका विराजलाई ‘सुपरस्टार ब्याक अगेन’ भनिएको छ । टिजरमा प्रदर्शनको कुनै मिति तोकिएको छैन ।
यो चलचित्रमा नीशा अधिकारी र रविन तामाङ पनि प्रमूख भूमिकामा छन् । मौनता श्रेष्ठको लेखन रहेको चलचित्रमा एनवी महर्जनको एक्सन, रामेश्वर कार्कीको छायांकन, महेश खड्काको संगीत, सुवास देवकोटाको सम्पादन छ ।
मिलन श्रेष्ठ, कुमार बस्नेत, रुपक राना र रुपम राना सह-निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता उपमा केसी हुन् ।
टिजर हेर्नुहोस्: