ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ १७ गते रिलीज हुने चलचित्र ‘ब्रासलेट’की नायिका रजनी केसीले चर्चित नेपाली नायक रमेश उप्रेतीलाई श्रीमान बताएकी छिन् ।
हालै उनले दिएको एक अन्तरवार्तामा उनले ‘रमेश मेरो श्रीमान हो मैले उहाँको असल श्रीमती बन्ने कोशिस गरेकी छु’ भनेकी छिन् । तर, यो कुरा वास्तविक जीवनमा भने होइन । उनले चलचित्रभित्र आफ्नो भूमिकाबारे बोल्दै रमेशकी श्रीमतीको रुपमा चरित्र निर्वाह गरेको बताईन् ।
यो चलचित्रमा रमेश उप्रेती, रजनी केसी, नम्रता सापकोटा लगायतका कलाकारको प्रमूख अभिनय छ । चलचित्रलाई निर्मल शर्माले निर्देशन गरेका हुन् भने केशव भट्टराईले निर्माण गरेका हुन् ।
भिडियो: