दया र प्रियंकाको प्रेम कि झगडा ? (भिडियो)



Daya-and-priyanka

ठुलोपर्दा डटकम, काठमाण्डौ।
‘कबड्डी’ सिरिजका निर्देशक राम बाबु गुरुङ् निर्देशित नेपाली चलचित्र ‘पुरानो डुंगा’को टिजर रिलीज भएको छ । टिजरमा दयाहाङ् राई र प्रियंका कार्कीको रिसालु प्रेम देखिएको छ ।

दया प्रियंकाको पछि-पछि छन् भने प्रियंकाले असन्तुष्टी जनाईरहेकी छिन् । टिजरले चलचित्रलाई पुर्णरुपमा प्रेमकथा रहेको जनाउँछ । दयाहाङ् राईको अभिनय रहेको चलचित्रमा हाँस्यपरक खुराक छैनन् भनेर भन्नै सकिँदैन ।

माओत्से गुरुङ्को कथामा रामबाबु गुरुङ् र उपेन्द्र सुब्बाको पटकथा तथा संवाद रहेको यो चलचित्रलाई सिनेमा आर्ट र माओत्से गुरुङ् फिल्मसले संयुक्त रुपमा बनाएका छन् ।

चलचित्रमा काली प्रसाद बास्कोटाको संगीत रहेको छ । शैलेन्द्र डि कार्कीले छायांकन गरेको यो चलचित्रमा निमेश श्रेष्ठको सम्पादन रहेको छ ।

टिजर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu