राम बहादुर बाँडेका तीन एल्बम एकसाथ रिलीज



Nasocheko-Release

ठुलोपर्दा डटकम, काठमाण्डौ।
गायक, संगीतकार तथा रचनाकार राम बहादुर बाडेका तीन म्यूजिक एल्बम एकसाथ रिलीज गरिएको छ । आइतवार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ शक्ति नेपालका नेता देवेन्द्र पौडेलको प्रमूख आतिथ्यतामा एल्बम सार्वजनिक गरिएको हो ।

नेपाली आधुनिक गीति संग्रह ‘नसोचेको भाग -२’, भजन माला १ (नेपाल भाषा) र भजन माला १ (नेपाली भाषा) गरि तीन एल्बम सार्वजनिक भएका हुन् । त्यस्तै, ‘नसोचेको भाग -२’मा संग्रहित दुई गीतका भिडियो पनि सार्वजनिक गरिएको छ । दुवै गीतका भिडियोलाई रमेश पोख्रेलले निर्देशन गरेका छन् । भिडियोहरुमा नीता ढुंगाना, दिल श्रेष्ठ, नम्रता योगी, सुरज आर.डि. लगायतको अभिनय रहेको छ ।

सार्वजनिक आधुनिक गीतमा अष्ट लामाको संगीतमा राम बहादुर बाडे र अञ्जु पन्तको स्वर रहेको छ । यो एल्बममा रहेका सबै गीतका रचनाकार बाडे नै हुन् । साथै, नेपाल र नेपाली दुवै भाषामा भजन मालामा संगीत, शब्द तथा स्वर राम बहादुर बाडेको नै रहेको छ ।

Nasocheko-Release1

बाल्यकाल देखिनै संगीत क्षेत्रमा आबद्द रहेका बाडेले शास्त्रिय संगीतमा स्नातक गरेका छन् । उनले यसअघि ‘नसोचेको’ आधुनिक एल्बम तथा चलचित्र ‘दुलही’मा रहेको ‘सुन जोख्ने तराजुमा’ बोलको गीतमा संगीत दिएका थिए । उनि ‘दुलही’ चलचित्रका निर्माता पनि हुन् ।

एल्बम सार्वजनिक कार्यक्रममा प्रमूख अतिथी नेता पौडेलले नेपाली संगीत हाम्रो सम्पत्ती भएको बताए । उनले पश्चिमा तथा पूर्वीय मुलुकबाट नेपालले सिक्ने मात्र नभएर हाम्रो मौलिक श्रृजनाबाट उनिहरुले पनि सिक्ने मौका पाउने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu