‘झुम्की’ ट्रेलर सार्वजनिक (भिडियो)



Jhumki-Trailer

ठुलोपर्दा डटकम, काठमाण्डौ।
अपिल विष्टको निर्देशनमा बनेको नेपाली चलचित्र ‘झुम्की’को ट्रेलर सार्वजनिक गरिएको छ । दाङ जिल्लाकी एक थारु युवतीसँग प्रेम गर्ने प्रहरी कर्मचारीले जीवनमा भोगेका उतारचढावमा बनेको यस चलचित्रमा दयाहाङ राई, मनोज आरसी, रिश्मा गुरुङ, मलिना जोशी, प्रमोद अग्रहरी लगायतका कलाकारको अभिनय रहेको छ ।

सार्वजनिक ट्रेलरमा चलचित्र प्रमूख कलाकारहरुलाई देखाईएको छ । ‘झुम्की’ २०४४-४५ सालको घटनामा आधारित रहेको बताईएको छ । चलचित्रलाई अपिल बिष्ट फिल्मस र सिनेमा आर्टले संयुक्त रुपमा बनाएका हुन् । रामबाबु गुरुङको कथा, पटकथा र संवाद रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटाको संगीत रहेको छ । यो चलचित्र असोज ७ गते रिलिज हुनेछ ।

ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu