प्रचार-प्रसारमा हिँडेकी छु: शिल्पा पोखरेल



Shilpa-Pokhrel

ठुलोपर्दा डटकम, काठमाण्डौ।
भदौ १७ मा रिलीज हुने नेपाली चलचित्र ‘वृन्दावन’की नायिका शिल्पा पोखरेल प्रचारमा नहिँडेको भन्ने खबर आएको थियो तर, शिल्पा उक्त कुरालाई अस्विकार गरेकी छिन् । उनले चलचित्र आफ्ना लागि विशेष भएको भन्दै निर्माणपक्षले भनेको स्थानमा पुगिरहेको बताइन् ।

पोखरेलको एक्सनका कारण चर्चामा रहेको यो चलचित्रको नाम ‘वृन्दावन’ हुँदा धार्मिक जस्तो लागे पनि त्यस्तो नभएको समेत उनले बताईन् । उनले यो एउटा जंगलको नाम भएको खुलाईन् । जंगलको सेरोफेरोमा यो चलचित्र घुमेको उनले बताइन् । उनका अनुसार लभ स्टोरी र रिभेन्जको कथामा चलचित्र बनेको छ ।

नेपालगञ्जको गर्मीका कारण एक्सनका दृश्य दिन खुबै गाह्रो भएको भन्दै शिल्पाले छेउमै आगो बालेर फाइट हानेजस्तो अनुभव भएको सुनाइन् । ‘तर, अहिले आफूले चलचित्र हेर्दा सन्तुष्टी मिलेको छ’ उनले बताईन् ।

चलचित्रमा शिल्पासँगै बाँदरको पनि मुख्य भूमिका छ । बाँदरसँग काम गर्न गाह्रो भएको अनुभव शिल्पाको छ । उनले भनिन्-‘भाषा नवुझ्ने, दौडिहाल्ने भएकाले पनि काम गर्न केही गाह्रो भएको थियो । तर, अहिले हेर्दा रमाइलो लाग्छ ।’ राजबहादुर सानेको निर्देशनमा तयार भएको यो चलचित्रलाई रुद्र खनालले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu