सञ्चारकर्मी सचित खड्काले निर्देशन गरेको ‘नदेखु जुन’ बोलको म्यूजिक भीडियो सार्वजनिक भएको छ । भिडीयोमा विकास लामिछाने र सपना लामिछानेको अभिनय रहेको छ ।
दुर्घटनामा प्रेमीका घुमाउनु पर्दाको पिडा देखाउन खोजीएको भिडीयोलाई धुलिखेल आसपासका स्थानमा छायाँकन गरिएको हो । गीतमा श्रीकृष्ण श्रेष्ठको स्वर, उपेन्द्र न्यौपानेको शब्द संगीत तथा दिराज श्रेष्ठको एरेन्ज सुन्न सकिन्छ । मोडल विकास र निर्देशक सचित सञ्चारकर्म संगै निर्देशन र मोडलिङमा सक्रिय छन् ।
सिल्भर साइनले बजारमा ल्याएको भिडीयोमा ज्ञानेन्द्र शर्माको छायाँकन तथा रविन्द्र खड्काको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस्: