ठुलोपर्दा डटकम, काठमाण्डौ।
तीन हप्ता अगाडी रिलीज भएको चलचित्र ‘वीर विक्रम’ले सफलताको स्वाद चाखेका निर्देशक मिलन चाम्सले अर्को चलचित्र बनाउने भएका छन् । शनिवार घोषणा गर्न तयार भएपनि अभिनेता दयाहाङ् राई अस्वस्थ भएपछि कार्यक्रम स्थगित भएको छ ।
मिलनले आफ्नै ब्यानर चाम्स इन्टरटेन्मेन्टबाट बन्ने ‘ह्याप्पी डेज’ नामक चलचित्र निर्देशन गर्नेछन् । सम्पूर्ण छायांकन लण्डनमा हुने यो चलचित्रमा दयाहाङ् राई र प्रियंका कार्कीको प्रमूख अभिनय रहनेछ ।
चलचित्रमा वीपी खनाल र नरेश शर्माको लगानी रहनेछ ।