अजय देवगण दुई कौडीका मानिस थिए: केआरके



Ajay-and-krk

शुक्रवार अजय देवगणले एक अडियो क्लि‍प सार्वजनिक गरी केआरकेद्वारा करण जौहरसँग चलचित्र प्रमोशनको लागि २५ लाख लिएको खुलासा गरेका थिए । केआरकेले पनि यो मामलामा सफाई दिँदै अजय देवगणमाथी घुस दिन र करण जौहरसँगको झगडामा बलीको बाख्रो बनाईएको आरोप लगाएका छन् ।

इंडियन एक्सप्रेसका अनुसार केआरकेले पत्रकार सम्मेलन गरि कुमार मंगतको कम्पनीको नामको तीन करोडको चेक देखाएर यो साबित गर्ने कोशि‍श गरेका छन् कि उनको कुमार मंगतसँग प्रोफेशनल र व्यक्तिगत सम्बन्ध छ ।

कुमार मंगत उनै हुन् जो अजय देवगणद्वारा जारी अडियो क्लि‍पमा केआरकेसँग कुरा गरिरहेका छन् । अजय देवगणका बिजनेस पार्टनर र म्यानेजर कुमार मंगत र केआरकेसँगको यस अडियो क्ल‍िपमा यो कुराको खुलासा भएको छ कि केआरकेलाई करण जौहरले उनको आगामी चलचित्र ‘ए दिल है मुश्किल’ प्रचार गर्न र अजय देवगणको चलचित्र ‘शि‍वाय’को नकारात्मक प्रचार गर्नको लागि २५ लाख दिएका छण् ।

पत्रकार सम्मेलनमा केआरकेले करणले पैसा नदिएको बताएका छन् । केआरके भनेका छन्, ‘अजय देवगण बलीउडमा आउनु अगाडी दुई कौडीका मानिस थिए अहिले उनि अरबपति बनेका छन् । उनिसँग बलीउडको लागि कुनै भावनात्मक सम्बन्ध छैन। उनलाई खाली पैसासँग लगाव छ’ ।

यि दुवै चलचित्र २८ अक्टूबरमा रिलीज हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu