ठुलोपर्दा डटकम।
प्यूठानको प्रसिद्ध मन्दिर स्वर्गद्वारीमा शुभसाइत गर्दै चलचित्र ‘कुम्भकरण’को छायांकन प्रारम्भ गरिएको छ । चलचित्रका कलाकार, प्राविधिकको उपस्थितीमा प्रस्तुतकर्ता एवं कलाकार आकाश पलले शुभसाइत गरेका थिए ।
आकाश पल इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रलाई दिपक वलीले निर्देशन गर्दैछन् । क्षितिज बस्नेतको निर्माणमा तयार हुन लागेको चलचित्रका कार्यकारी निर्माता रोम वली हुन् ।
हरी लामाको छायांकन रहने चलचित्रमा गौरव पहारी, अभय बराल, भोलाराज सापकोटा, निशा अधिकारी, प्रतिभा क्षेत्री, आकाश पल र सद्भाव थापा मुख्य कलाकारको रुपमा छन् । एउटा गाउँको विद्यालयमा अध्यापन गराउने शिक्षकहरुको कथामा यो चलचित्र बन्नेछ ।