चलचित्रजन्य वस्तुको पाईरेसी गरिरहेको अवस्थामा केहि व्यक्ति पक्राउ



piracy

ठुलोपर्दा डटकम, काठमाण्डौ।
राजधानीको नयाँ बसपार्क, सामखुसी र गोंगबु गरि तीन ठाउँमा चलचित्र जन्य वस्तुको पाईरेसी गरिरहेको अवस्थामा केही व्यक्तिलाई पक्राउ गरिएको छ ।

चलचित्र विकास वोर्ड अन्तर्गत रहेको चलत्रिजन्य वस्तुको पाइरेसी नियन्त्रण अनुगमन समितिले मंगलबार तीन ठाउँमा छापा हानिएको थियो । गोंगबु बसपार्क चौकीका इन्सपेक्टर पूणिर्मा चन्द र सई खेम पंगेनीको सहयोगमा समितिका करण श्रेष्ठ, विजय शर्मा, लिलाधर भट्टराई, विके शर्मा, विजय शर्मा र सूचना तथा अन्तर्राष्ट्रि सम्बन्ध अधिकृत आनन्द घिमिरेको टोलीले उनीहरुलाई रंगेहात पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुले अनाधिकृतरुपमा चलचित्रजन्य वस्तुको पाईरेसी गरिरहेका थिए । उत्तम केसी संयोजक रहेको चलचित्र विकास वोर्डको अनुगमन समितिमा प्र.ना.उ. अजय केसी, नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयकी सुष्मा पोखरेल, ओम अग्रवाल, करण श्रेष्ठ, लिलाधर भट्टराई, धनबहादुर वमजन, कृष्ण भुसाललगायतका सदस्य रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu