अद्वेत चंदनको निर्देशन बन्ने बलीउड चलचित्र ‘सीक्रेट सुपरस्टार’मा बलीवुड एक्टर आमिर खानको फर्स्ट लुक सार्वजनिक भएको छ ।
पछिल्ला दिनमा आमिर एक अलग प्रकारको दाह्री र लामो जुंगावाला फोटो सोशल नेटवर्किङ्ग साइटमा लीक भएको थियो, जसलाई हेर्दा यो अन्दाज भएको थियो कि उनि आगामी चलचित्रमा यहि लुक्समा आउनेछन् । यो सबै अनुमानलाई भंग गर्दै निर्देशक अद्वेत चंदनले ‘सीक्रेट सुपरस्टार’ चलचित्रको फर्स्ट लुक सार्वजनिक गरे ।
यो फोटोमा आमिर खान रातो र सेतो टी-शर्टमा एकदम स्टाइलिश अवतारमा देखिएका छन् । त्यसो त आमिर खान सँधै सरप्राइज दिनको लागि तयार रहन्छन् । यसपटक पनि ‘सीक्रेट सुपरस्टार’को माध्यमबाट अचम्मित पार्ने तयारीमा छन् ।
यो चलचित्रलाई आमिरका म्यानेजर समेत रहेका अद्वेतले निर्देशन गरिरहेका छन् । उनका अनुसार आमिरले यो चलचित्रमा केमियो भूमिका मात्र गर्नेछन् ।