बिश्वमै सर्वाधिक कमाउने अभिनेत्रीको आठौँ स्थानमा प्रियंका



priyanka-chopra-richest

अमेरिकी सीरिज ‘क्वांटिको’मा अभिनय पछि प्रियंका चोपडा फोर्ब्‍सको सूचीमा सबैभन्दा बढि कमाई गर्ने पहिलो भारतीय टीभी एक्‍ट्रेस बनेकी छिन् । फोर्ब्‍सद्वारा जारी जारी विश्वका सबैभन्दा बढि कमाई गर्ने अभिनेत्रिको सूचीमा प्रियंका आठौँ नम्बरमा छिन्, जबकि सोफिया वरगेरा पछिल्ला पाँच बर्षदेखी पहिलो स्थानमा छिन् ।

कर एवं प्रबन्धन शुल्क भूक्तान पहिले कोलंबियाई-अमेरिकी अभिनेत्री वरगेराले ४.४ करोड अमेरिकी डलर रकममा घर किनेकी छिन् । यद्यपी उनको यो सबै कमाई टीभी शो मोर्डन फेमिलीबाट भएको भने होइन । उनि बिभिन्न उत्पादनका विज्ञापनको माध्यमबाट राम्रो आम्दानी गर्छिन् ।

पछिल्लो बर्ष ‘एबीसी’को ‘क्वांटिको’बाट आफ्नो अन्तर्राष्ट्रीय करियरको शुरुआत गरेकी प्रियंकाले यस सिरियलमा काम गरेर १.१ अमेरिकी डलर कमाई गरेकी छिन् । अब उनि यस सीरियल दोश्रो सीरिजको तयारिमा छिन् ।

प्रियंकाले पछिल्लो एक बर्षको दौरान बलीवुडका दुई चलचित्र ‘बाजीराव मस्तानी’ र ‘जय गंगाजल’मा काम गरेकी छिन् । यसको अलावा उनले हलीवुड चलचित्र ‘बेवाच’बाट अन्तर्राष्ट्रीय चलचित्रको अभिनय दुनियामा कदम राखेकी थिइन् । यस चलचित्रमा उनले ड्वेन जोनसनको साथ काम गरेकी थिइन्, जो विश्वमा नै अभिनयको माध्यमबाट सबैभन्दा बढि कमाई गर्ने अभिनेता हुन् ।

फोर्ब्‍स म्यागजीनका अनुसार प्रियंकाले समेत अरु टीभी अभिनेत्रि जसरी नै एकै चलचित्र तथा अभिनयबाट कमाई गरेकी भने होइनन् । प्रियंका भारतमा विज्ञापनबाट कमाई गर्ने अभिनेत्रिको सूचीमा अग्र स्थानमा छिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu