दशैँमा सुब्बा साब



subba-sab

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यसपालीको दशैँमा चलचित्र ‘सुब्बा साब’ प्रदर्शनमा आउने भएको छ । असोज २१ गते यो चलचित्र रिलीज हुनेछ । यो सँगै छविराज ओझाको ‘किस्मत २’ पनि प्रदर्शनमा आउँदैछ ।

रिलिज मिति घोषणासँगै ‘सुब्बा साब’को फर्ष्टलुक पनि सार्वजनिक गरिएको छ । आशुतोष फिल्मस् प्रोडक्सन प्रालि र शुभ सक्षम म्युजिक प्रा.लि.को व्यानरमा निर्माण भएको फिल्ममा राजु अधिकारीको निर्देशन छ । निर्देशक अधिकारीले फिल्मले निजामती कर्मचारी सुब्बाको इमान्दारिता र राष्ट्र सेवा अनि सन्तान प्रतिको माया र दायित्वलाई प्रस्तुत गरेको बताए ।

हिरामणि न्यौपानेको प्रस्तुतिमा तयार भएको यस चलचित्रमा जीवन लुइँटेल, सरोज खनाल, गौरी मल्ल, वर्षा सिवाकोटी र जानवी बस्नेतलगायतको अभिनय छ । चलचित्रमा रामबहादुर कोइरी, कुलचन्द्र पाण्डे, जीवन अर्याल र रामु अधिकारीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu