धम्कीपछि यि कलाकारले छोड्न सक्छन् भारत



भारतमा पाकिस्तानद्वारा उरी हमलाको केहि दिनपछि यस मामलाबाट लागेको आगो शान्त हुने नाम नै छैन । यसको आगोमा भारतमा काम गरिरहेका पाकिस्तानी कलाकार समेत पर्ने शंका भएको छ ।

भारतको महाराष्ट्र नवनिर्माण सेनाले पाकिस्तानी कलाकारलाई ४८ घण्टा भित्र भारत छोड्न धम्की दिईसकेको छ । यिनमा फवाद खान, अली जफर, माहिरा खान, राहत फतेह अली खान, इमरान अब्बास, मावरा होकेन तथा आतिफ असलम जस्ता कलाकार छन् जसले भारतलाई दोश्रो घर बनाएका थिए । यसअघि शिव सेनाले मुंबईमा गजल गायक गुलाम अलीको शोलाई रोकेको थियो ।

जान्नुहोस् यि कलाकारको बलीउड करियरको बारेमा:
१. फवाद खान
फवाद खानले फिल्म ‘खूबसूरत’बाट बलीवुडमा डेब्यू गरेका थिए र हाल करण जौहरको निर्देशनमा बनेको उनको चलचित्र ‘ऐ दिल है मुश्किल’ रिलीज हुनेवाला छ । खबर अनुसार छिट्टै उनि कैटरीना कैफको साथ एक फिल्ममा देखिनेछन् जसका निर्माता सलमान खान हुन् ।

fawad-ali

२. अली जफर
अली जफरले बलीवुडका केहि चर्चित फिल्ममा काम गरेका छन्, जस्तै: मेरे ब्रदर की दुल्हन, तेरे बिन लादेन ‍र लण्डन पेरिस न्यूयार्क । सुत्रका अनुसार उनि आगामी फिल्म ‘डियर जिंदगी’मा शाहरुख खान र आलिया भट्टको साथ देखिनेछन् ।

ali-jafar

३. माहिरा खान
माहिरा खान पाकिस्तानको चर्चित कलाकार हुन् । उनि शाहरुख खानको अपोजिट ‘रईस’मा आउँदैछिन् ।

mahira-khan

४. राहत फतेह अली खान
गायक राहत फतेह अली खानलाई नचिन्ने को होला र ! बलीउडका धेरै प्रोजेक्ट उनमा अडिएका छन् ।

rahat-fateh-ali-khan

५. मावरा होकेन
‘सनम तेरी कसम’ फिल्मबाट बलीवुडमा डेब्यू गरेकी मावराले केहि चलचित्रमा साइन गरिसकेकी छिन् ।

mawara-hoken

६. इमरान अब्बास
जानिसार र क्रिचर 3D जस्ता फिल्ममा काम गरिसकेका इमरान अब्बासले समेत फिल्म ‘ऐ दिल है मुश्किल में’मा गेष्ट रोल गरेका छन् ।

imran-abbas

७. आतिफ असलम
आतिफ असलम एक चर्चित गायक हुन् जसका गीतले बिश्व मुग्ध छ । आतिफ असलमले हालै केहि गीतबाट अरजीत सिंहलाई रिप्लेस गरेका थिए ।

atif-aslam

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu