युवराज सिंह र हेजल कीचको प्रेम कहानी अचानक अगाडी आएको थियो जब युवराजले बालीमा हेजलसँग इन्गेजमेन्ट गरि फोटो शेयर गरे । अब यो जोडी यसै बर्ष डिसेम्बरमा बिवाह गर्दैछन् ।
यि दुवैका लाखौँ फ्यान छन् । उनिहरुले जान्न चाहन्छन् कि हेजल-युवराजको प्रेम कहानी कसरू शुरु भयो । हालै युवी र हेजल ‘द कपिल शर्मा शो’मा पुगेका थिए । कपिलले दुवैजनासँग सोधे कि उनिहरुको लभ-स्टोरी कसरी शुरू भयो । यसको उत्तरमा युवराजले जे भने तपाईलाई अचम्म लाग्न सक्छ ।
शुरुमा हेजलले युवराजलाई बेवास्ता गर्थिन् । युवराजले शोमा भने, ‘म तीन बर्षदेखी हेजलको पछि लागेको थिएँ । मैले एक पटक हेजललाई कफीको लागि सोधेँ । उनले अस्विकार त गरिनन् तर उनले फोन स्विचअफ गरिदिईन् । केहि दिन पछि मैले उनलाई फेसबुकमा देखेँ । दुवैको फ्रेण्ड लिस्टमा एक युवक ‘कमन’ थिए । मैले उक्त युवकलाई हेजलसँग टाढै रहन भनेँ र यो पनि भने किँ मैले हेजलसँग बिवाह गर्छु । अब वास्तवमा नै यस्तै हुँदैछ ।’
हेजलले समेत दर्शकलाई भनिन् कि जब सम्म युवराजले बालीमा बिहे प्रस्ताव गरेनन् त्यो बेलासम्म हेजल उनिप्रति गम्भीर थिइनन् ।