‘किस्मत २’ र ‘सुब्बा साब’ रिलीज



kismat-2-and-subba-sab

ठुलोपर्दा डटकम, काठमाण्डौ।
यो हप्ता दुई नेपाली चलचित्र रिलीज भएका छन् । दशैंको लामो विदा लक्षित गर्दै चलचित्रहरु ‘किस्मत २’ र ‘सुब्बा साब’ रिलीज भएका हुन् ।

आफ्ना चलचित्र रिलीजको लागि सँधैजसो दशैँ नै ताक्ने छवि ओझाको ‘किस्मत २’मा शिल्पा पोख्रेल, किशोर खतिवडा, पृथ्वीराज प्रसाँइको प्रमूख अभिनय छ । ऋषि लामिछाने निर्देशित यो चलचित्रमा शिल्पाले दृष्टिबिहिन साथै अन्य भूमिका निभाएकी छिन् ।

सरोज खनाल, गौरी मल्ल, जीवन लुईँटेल लगायतको प्रमूख अभिनय रहेको चलचित्र ‘सुब्बा साब’ले निजामती कर्मचारीको कथा बोल्छ । यो चलचित्रलाई राजु अधिकारीको निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu